global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ बिओके क्यापिटल मार्केटको सातौं वार्षिक साधारण सभा सम्पन्न

बिओके क्यापिटल मार्केटको सातौं वार्षिक साधारण सभा सम्पन्न

बिओके क्यापिटल मार्केटको सातौं वार्षिक साधारण सभा सम्पन्न

बिओके क्यापिटल मार्केट लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा कात्तिक ४ गते बसेको सातौँ वार्षिक साधारणसभाले आर्थिक बर्ष २०७८÷७९ को वित्तिय विवरणहरु परित गर्नुका साथै आर्थिक बर्ष २०७८÷७९ मा सचिंत मुनाफाबाट ५.७९ प्रतिशत लाभांश (कर समेत) वितरण गर्ने निर्णय अनुमोदन गर्नुका सथै आगामी आर्थिक बर्ष २०७९÷८० को बाह्य लेखापरिक्षक नियुक्त गर्ने निर्णय गरिएको छ ।

बैंक अफ काठमाण्डौं लिमिटेडको सहायक कम्पनी बिओके क्यापिटल मार्केटले विगत सात वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । यस कम्पनीले समीक्षा अवधिमा ६ वटा कम्पनीहरुको प्राथमिक शेयर तथा हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ, भने जम्मा ११ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गरिरहेको छ ।

यस कम्पनीले हालसम्म जम्मा ८५,६८९ हितग्राही खाता खोलिसकेको छ । लगानी व्यवस्थापन सेवा अन्र्तगत ९८ जना को १७ करोड बराबरको लगानी व्यवस्थापन गरिएको छ ।

मूल्य अभिवृद्धि र बढ्दो व्याजदरले शेयर बजारमा समेत ४० प्रतिशत भन्दा बढी गिरावट आएकोे यस्तो कठिन अवस्थामा पनि यस कम्पनीले सुझबुझका साथ कार्यसम्पादन गरी कात्तिक ४ गते सातौ वार्षिक साधारणसभा बाट प्रस्तावित ५.७९ प्रतिशत नगद लाभांश पारित गर्न सफल भएको छ ।

प्रकाशित समय : ०९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु