गृहपृष्ठ सुडानको जातीय द्वन्द्वमा १५० जनाको मृत्यु
सुडानको जातीय द्वन्द्वमा १५० जनाको मृत्यु

सुडानको दक्षिणमा रहेको ब्लू नाइल राज्यमा पछिल्लो दुई दिनमा जातीय द्वन्द्वबाट कम्तीमा १५० जनाको मृत्यु भएको बताइएको छ । हालैका महिनाहरूमा यो लडाइँ सबैभन्दा खराब भएको बताइएको छ ।
गत हप्ता भूमि विवादपछि प्रतिद्वन्द्वी जातीय समूहहरूबीच हिंसा भड्किएको थियो । जसमा एक दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
हिंसा नियन्त्रण गर्न रातभर कर्फ्यू लगाइएको थियो । लागावामा हिंसा बढेको र ब्लू नाइल क्षेत्रमा द्वन्द्वको पुनरुत्थानबाट चिन्तित भएको संयुक्त राष्ट्रसंघले भनेको छ ।
‘सुरक्षासहित स्थानीय समुदायको आवश्यकतालाई प्राथमिकता दिने र द्वन्द्वका मूल कारणहरूलाई सम्बोधन गर्ने पूर्ण रूपमा कार्यात्मक विश्वसनीय सरकार बिना दिगो शान्ति सम्भव छैन’, सुडानमा संयुक्त राष्ट्र संघको एकीकृत संक्रमण सहायता मिसनले एक विज्ञप्तिमा भनेको छ ।
सुडानमा गत वर्षको सैन्य विद्रोहपछि राजनीतिक अशान्ति र हिंसा भइरहेको छ ।
प्रकाशित समय : ०९:३० बजे