global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ चाडपर्वलाई लक्षित गरि कर्णालीमा ४ हजार बढी प्रहरी परिचालन

चाडपर्वलाई लक्षित गरि कर्णालीमा ४ हजार बढी प्रहरी परिचालन

चाडपर्वलाई लक्षित गरि कर्णालीमा ४ हजार बढी प्रहरी परिचालन

कर्णालीका १० जिल्लामा ११ प्रकारका चाडपर्व सुरक्षा योजना बनाइएको छ । चाडपर्व नजिकिँदै जाँदा चार हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तिहार र छठमा शान्ति सुरक्षाका लागि कर्णाली प्रदेशभर ४ हजार १ सय ४१ प्रहरी प्रत्यक्ष परिचालन गरिएको हो । तस्करी तथा लागुऔषध नियन्त्रणका लागि तालिम प्राप्त कुकुरसहित चेकजाँच भइरहेको छ। पटका तथा विस्फोटक पदार्थको आयात, विक्रिवितरण तथा प्रयोगमा रोक लगाउन प्रदेशभरीका प्रहरी कार्यालयमा विशेष सूचना पठाइएको जनाईएको छ।

चाडपर्वको अवसरमा घर, बस्ने कोठा छाडी अन्यत्र जाँदा चोरी हुने सम्भावना विगतका वर्षमा बढी हुने भएकाले घर कोठा छाडी अन्यत्र जाँदा प्रहरीलाई जानकारी गराउन तथा चोरीको घटना नियन्त्रण गर्न सचेतनामुलक कार्यक्रम समेत प्रहरीले गरेको छ ।

सवारी साधनमा यात्रुसँग बढी भाडा असुल गर्ने, दुव्र्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाहीको दायरामा प्रहरीले ल्याएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए ।

यो अवधिभर कर्णाली प्रदेशमा तत्काल प्रतिक्रिया टिम (क्यूआरटी) परिचालन १ सय २५ वटा, नियमित चेक प्वाइन्ट ३१ स्थानमा, आकस्मिक चेकिङ आवश्यकता अनुसार, ट्राफिक सहितको संयुक्त चेकिङ ५३ स्थानमा रहेको छ । त्यस्तै चोरी, तस्करी, लागुऔषध कारोबार लगायतका अवैध गतिविधी नियन्त्रण चेकिङ १८ स्थानमा, झैझगडा, जुवा तास, चोरी लुटपाट, मापसे नियन्त्रण ८६ स्थानमा, मोबाइल गस्ती र पैदल गस्ती २ सय ६५ स्थानमा, आर्थिक कारोबार हुने स्थान, धार्मिक तथा पर्यटक स्थलहरुको सुरक्षा तथा बजार अनुगमन ७५ स्थानमा रहेको छ ।

कर्डन सर्च एण्ड एम्बुस १० स्थानमा, विशेष चेकिङ ९ स्थानमा, लामो दुरिको सवारी चेकिङ ९२ वटा, चालकको व्यवस्था, १८ स्थानमा र नागरिक सहायता कक्ष २६ स्थानमा गरिने प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाइएको छ। कर्णाली प्रदेशका दश जिल्लाका प्रमुखहरु मार्फत मातहतका कार्यालयबाट चाडपर्व सुरक्षा योजना कार्यान्वयन भइरहेको जनाइएको छ ।

प्रकाशित समय : ०९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु