गृहपृष्ठ २८ लाख घुस रकमसहित इन्जिनियर र पलम्बर पक्राउ
२८ लाख घुस रकमसहित इन्जिनियर र पलम्बर पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन नम्बर ४, बागमती, प्रदेश, मन्थली रामेछापका इन्जिनियर र पलम्बरलाई नियन्त्रणमा लिएकाे छ ।
सेवाग्राहीसँग घुस/रिसवत माग गरेको आरोपमा इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापालाई अख्तियारले नियन्त्रणमा लिएको हाे । घुस मागेको उजुरीका आधारमा उनीहरूलाई आयोग, टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएकाे हाे ।
सत्याल र थापालाई सेवाग्राहीबाट १६ लाख नगद र १२ लाखको चेक लिइसकेको अवस्थामा मन्थली–१, स्थित इन्जिनियरको निवासबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएकाे छ ।
प्रकाशित समय : १८:१८ बजे



















