गृहपृष्ठ एनआइसी एशिया बैंकको सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त

एनआइसी एशिया बैंकको सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त

एनआइसी एशिया बैंकको सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव सँगालेका केशवप्रसाद लम्साल एनआइसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएका छन् ।

बैंकको सञ्चालक समितिको आज बसेको ५७१औं बैंठकले आजैदेखि लागू हुने गरी लम्साललाई उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनीयताको सपथ ग्रहण समेत लिएका छन् ।

अर्थशास्त्र एवं बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तरसम्म अध्ययन गरेका उनी राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएका हुन् ।

प्रकाशित समय : १८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु