गृहपृष्ठ बझाङमा जीप दुर्घटना, ६ जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, ६ जनाको मृत्यु
बझाङमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको बझाङका डीएसपी जागेश्वर भण्डारीले बताए । उनका अनुसार अहिले उद्धार कार्य जारी छ ।
स्थानीय डुंग्रीबाट मष्टातर्फ गइरहेको जीप भीरबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकाहरूको उद्धार कार्य जारी रहेको र मृतकको सनाखत हुन बाँकी रहेको डीएसपी भण्डारीले जानकारी दिए ।
प्रकाशित समय : १७:५२ बजे



















