global ime bank Long Banner Ad

गृहपृष्ठ थपिए ४८ कोरोना संक्रमित, ५० जना संक्रमणमुक्त

थपिए ४८ कोरोना संक्रमित, ५० जना संक्रमणमुक्त

थपिए ४८ कोरोना संक्रमित, ५० जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ४८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । यस अवधिमा ८१९ पीसीआर तथा ९६४ एन्टिजेन गरी एक हजार ७८३ वटा नमुना परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार आज ५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ७२८ पुगेको छ । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट नेपालमा १२ हजार १८ जनाले ज्यान गुमाइसकेका छन् ।

संक्रमितमध्ये पाँचजना आइसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु