गृहपृष्ठ शाओमीले ल्यायो तिहारलक्षित आश्चर्यजनक अफर
शाओमीले ल्यायो तिहारलक्षित आश्चर्यजनक अफर
ग्लोबल टेक्नोलोजी लिडर शाओमीले तिहार २०७९ को अवसरमा आफ्ना ग्राहकहरूका लागि आश्चर्यजनक अफरहरु ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी वा पोको फोनको खरिदमा Mi TV 4APro 32 जित्ने मौका पाउनेछन् ।
यसै अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, ‘नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौं । तिहारको यो शुभ अवसरमा हाम्रा ग्राहकहरूका लागि लागि ‘१२ दिन १२ टीभी’ अफर सुरु गर्न पाउँदा हामी अत्यन्त खुशी छौं । यस चाडपर्वको अवसर पारी ग्राहक वर्गमा उत्साह थप्न मी का फोन किन्न इच्छुकहरुका लागि मी को टीभी जित्ने अफर ल्याएका छौं ।’
अफरअन्तर्गत कुनै पनि शाओमी, रेड्मी वा पोको फोनको खरिदमा ग्राहकहरूले Mi TV 4APro 32 TV जित्ने मौका पाउनेछन् । लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकहरूले दिइएको क्यूआर कोड स्क्यान वा ३१००७ मा IMEI नम्बर पठाउनु पर्नेछ ।
प्रत्येक दिन एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत Mi TV 4APro 32 इञ्च टीभी जित्ने मौका पाउनेछन् । यो अफर कात्तिक २ देखि कात्तिक १३ गतेसम्म मान्य हुनेछ ।
प्रकाशित समय : १३:०० बजे

















