काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अरिंगालले टोक्दा सल्यानमा आमाछोरीको मृत्यु

7.35K
shares

अरिंगालले टोक्दा सल्यानमा आमाछोरीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका १ हामफालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकीको मृत्यु भएको हो ।

उपचारका लागि लैजाने क्रममा दुवै जनाको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए । उनका अनुसार घरभन्दा एक घन्टा टाढाको दुरीमा रहेको खेतमा धान काटेर घरतिर फर्कंदै गरेको समयमा सोमबार बेलुकी शोभा बस्नेत बुढाथोकी, उनकी छोरी प्राप्ति बुढाथोकी र शोभाका काका २१ वर्षीय नवीन बस्नेतलाई धेरै अरिंगालले शरीरका विभिन्न भागमा टोकेको थियो ।

अरिंगालले चिलेपछि घाइते भएका सबैलाई सोमबार बेलुकी नै श्रीनगरस्थित परोपकार अस्पतालमा सामान्य उपचार गरिएको र त्यसपछि थप उपचारको लागि मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा प्राप्तिको त्रिवेणी गाउँपालिकाको शंखमूल नजिकै र शोभाको मेडिकल कलेज कोहलपुर पुगेपछि मृत्यु भएको प्रहरी निरीक्षक खनालले जानकारी दिए ।

मृतक बालिकालाई अहिले जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टमका लागि ल्याइएको र आमा शोभालाई कोहलपुरबाट ल्याउने तैयारी भइरहेको उनले जानकारी दिए ।