काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

झापामा मोटरसाइकल दुर्घटना हुँद दुई जनाको मृत्यु

7.48K
shares

काठमाडौं । झापामा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको हो ।

सोमबार साँझ बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित बेलडाँगीमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे ५ प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मे ३ प ५५८० नम्बरको मोटरसाइकल चालक झापा बाह्रदशीका अनिस साउदेन र मे ५ प १६०४ नम्बरका मोटरसाइकल चालक सोही स्थानका भोलाराज भुजेल, उनकी श्रीमती चन्द्रकला र छोरी प्रशना भुजेल घाइते भएकामा बीएण्डसी अस्पतालमा उपचारको क्रममा दुवै मोटरसाइकल चालकहरुको मृत्यु भएको हो ।

घाइते दुई जनाको अहिले बीएण्डसीबाट बिर्तामोड सिटी अस्पतालमा पठाइएको छ ।