global ime bank Long Banner Ad

गृहपृष्ठ जुम्लाका स्वतन्त्र उम्मेदवार डा. कमलबहादुर रोकायाको उम्मेदवारी फिर्ता

जुम्लाका स्वतन्त्र उम्मेदवार डा. कमलबहादुर रोकायाको उम्मेदवारी फिर्ता

जुम्लाका स्वतन्त्र उम्मेदवार डा. कमलबहादुर रोकायाको उम्मेदवारी फिर्ता

काठमाडौं । प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका डा. कलबहादुर रोकायाले उम्मेदवार फिर्ता लिएका छन्। नेकपा माओवादी केन्द्रले टिकट नदिएको भन्दै रोकायाले स्वतन्त्र उम्मेदवारी लिएका हुन् ।

पार्टीभित्रको त्याग तपस्या, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बारम्बार आग्रह र पार्टी प्रदेश कमिटीको उम्मेदवारी फिर्ता लिन लिखत पत्राचार भएकोले उम्मेदवारी फिर्ता लिएको उनले बताए ।

अन्य जिम्मेवारीमा पार्टीले उचित मूल्यांकन गर्ने निर्णय गरेकाले आफूले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको उनले बताए ।

स्वतन्त्र उम्मेदवारी फिर्ता लिएसँगै गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार गोमा कुँवर, प्रदेश (क) का उम्मेदवार ललितजंग शाही र प्रदेश (ख) उम्मेदवार पदमबहादुर रोकायासहित समानुपातिकलाई पनि समर्थन गर्ने निर्णय लिएको उनले बताए ।

प्रकाशित समय : १९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु