काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै आन्दोलन

11.59K
shares

उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै युनियनहरु आन्दोलित भएका छन् । उद्योगमा कार्यरत मजदुरहरुको चारवटा संगठनले ज्ञापन पत्र बुझाउँदै तत्काल उद्योग सञ्चालन गर्न माग गरेका हुन् ।

उनीहरुले महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई घेराऊ गरी बन्द रहेको सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गरेका हुन् । घेराऊपछि महाप्रबन्धक न्यौपानेले २ दिन भित्रमा निकास निकाल्ने बताएको एक मजदुरले जानकारी दिए ।

उदयपुर सिमेन्ट उद्योग राजनीतिक कोपभाजनको सिकार बन्दै आएको छ । नेपालकै उत्कृष्ट गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योग राजनीतिक खिचातानी तथा कच्चा पदार्थ अभावका कारण बन्द हुने अवस्थामा छ ।

सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग १७ दिनदेखि बन्द रहेको छ । कोइला अभाव झेल्दै आएको उद्योग सञ्चालन भएको हप्ता दिन नबित्दै पुनः बन्द हुन पुगेको हो । कोइला अभावमा असोज ९ गतेबाट सञ्चालनमा आएको उद्योग पुनः असोज १४ गतेबाट कोइला अभावमा बन्द हुन पुगेको हो ।

योसँगै उद्योगमा दुई महिनाको अन्तरालमा कोइला अभावमा तीन पटक बन्द हुन पुगेको छ ।

ज्ञापन पत्र :