गृहपृष्ठ नेपाल ल्यूब आयलद्वारा ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव
नेपाल ल्यूब आयलद्वारा ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव
नेपाल ल्यूब आयल लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अस्थिर आर्थिक अवस्थाका बाबजुद पनि कम्पनीले वर्षैपिच्छे स्थिर वृद्धि कायम गर्नुको साथै उच्च लाभांश पारित गरेको छ ।
कम्पनीद्वारा यस साधारण सभामार्फत सेयर धनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत वोनस सेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको उल्लेखनीय वृद्धि र लाभांस वितरणको सेयरधनीहरुले खुल्ला प्रशंसा गरेका छन् ।
साधारण सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा सञ्चालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापक समूह र अन्य सेयर धनीहरुको उपस्थिति थियो । अध्यक्ष चौधरीले नेपाल ल्युब आयल लिमिटेडले अघिल्लो वर्षजस्तै यस कठिन आर्थिक अवस्थामा पनि निरन्तर वृद्धि कायम राखेको बताए । उनले भने, ‘व्यवस्थापन र अन्य टोली सदस्यहरू यस कम्पनीको विकासको लागि राम्रोसँग प्रतिबद्ध छन् । सेयरधनीहरूले देखाएको विश्वासलाई हामी कहिल्यै निराश गर्ने छैनौं ।’
नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्रीवितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो र यसको ब्राण्डिङ साझेदारीमा म्याकल्यारेन रेसिङ कार र चेन्नई सूपर किङ जस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नामसँग रहेको छ ।
त्यस्तै गल्फ लुब्रिकेन्टस् नेपालको समेत मूख्य रुपमा रुचाइएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्राण्डको रुपमा चिनिन्छ । गल्फ ब्राण्डका उत्पादनहरुको विविधताले सबै अटोमोबाइल र मेशिनरीहरुलाई समेटन सक्ने गरी व्यापक क्षेत्रमा फैलन सफल रहेको छ ।
प्रकाशित समय : १७:२९ बजे

















