global ime bank Long Banner Ad

गृहपृष्ठ खाल्डोमा पुरिएको अवस्थामा दाङमा किशोर-किशोरीको शव फेला

खाल्डोमा पुरिएको अवस्थामा दाङमा किशोर-किशोरीको शव फेला

खाल्डोमा पुरिएको अवस्थामा दाङमा किशोर-किशोरीको शव फेला

दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर-किशोरी शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका-१३ दमार गाउँको जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङका डीएसपी राजनकुमार गौतमका अनुसार उनीहरु तीन दिनअघि (असोज २७ गते) साँझ घरबाट हराएका थिए । उनीहरूको शव आइतबार जंगलमा गाडिएको अवस्थामा फेला परेको हो ।

घटना शंकास्पद भएको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु