गृहपृष्ठ काठमाडौंमा देउवाले माओवादी र प्रचण्डले कांग्रेसीलाई प्रशिक्षण दिँदै
काठमाडौंमा देउवाले माओवादी र प्रचण्डले कांग्रेसीलाई प्रशिक्षण दिँदै
सत्ता गठबन्धनले काठमाडौंमा आज प्रशिक्षण दिने भएको छ । काठमाडौं जिल्लाका निर्वाचन क्षेत्रमा दिएको उम्मेदवारीबारे जानकारी तथा राजनीतिक प्रशिक्षण दिइन लागिएको हो ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस नेता प्रकाशमान सिंहको उपस्थितिमा काडाँघारीमा कार्यक्रम हुने भएको हो ।
कार्यक्रम दिउँसो १ बजे काडाँघारीमा हुने माओवादी केन्द्रका काठमाडौं, जिल्ला इन्चार्ज कुमार पौडेलले जानकारी दिए ।
प्रकाशित समय : ०९:११ बजे


















