गृहपृष्ठ पिपुल्स हाइड्रोपावरको आइपीओमा आजसम्म आवेदन दिन सकिने
पिपुल्स हाइड्रोपावरको आइपीओमा आजसम्म आवेदन दिन सकिने
पिपुल्स हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रूपैयाँकाे १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ३२ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । उक्त आइपीओमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिका ,तत्कालीन ढोढेनी र फलेनी गाविसका वडा नं ६ र ७ का स्थानीय बासिन्दाहरूका लागि ९ लाख ६० हजार कित्ता र लमजुङ जिल्लाका स्थानीय बासिन्दाका लागि २२ लाख ४० हजार कित्ता सेयर बाँडफाँट गरिनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयरका लागि आज बैंकिङ समयसम्म आवेदन दिने सक्नेछन् । आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको आइपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले उक्त आइपीओमा ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्टर, एनएमबी बैंकको भोटेओडार शाखा, सिद्धार्थ बैंकको बेंसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था रहेको छ ।
प्रकाशित समय : ०८:५८ बजे



















