global ime bank Long Banner Ad

गृहपृष्ठ गोर्भाचोभलाई नोबेल शान्ति पुरस्कारदेखि बुर्किना फाँसोका राष्ट्रपतिको हत्यासम्म

गोर्भाचोभलाई नोबेल शान्ति पुरस्कारदेखि बुर्किना फाँसोका राष्ट्रपतिको हत्यासम्म

गोर्भाचोभलाई नोबेल शान्ति पुरस्कारदेखि बुर्किना फाँसोका राष्ट्रपतिको हत्यासम्म

आज १५ अक्टोबर । आज विश्व इतिहासमा बिभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटनाः

चीनमा मानवसहितको पहिलो अन्तरिक्षयान

सन् २००३ मा चीनले मानवसहितको पहिलो अन्तरिक्ष उडान सुरू गरेको थियो । उत्तरी चीनको गोबी मरूभूमिस्थित जिउक्वान स्याटलाईट लन्च सेन्टरबाट मानवसहितको अन्तरिक्षयान अन्तरिक्षमा पठाइएको थियो ।

मिखाईल गोर्भाचोभलाई शान्ति पुरस्कार

सन् १९९० मा तत्कालिन सोभियत युनियनका अध्यक्ष मिखाइल गोर्भाचोभलाई शान्तितर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो । द्वितीय विश्व युद्धमा तनाब अन्त्य गर्न उनी महत्वपूर्ण भूमिकामा रहेको भन्दै नोबेल कमिटीले सो पुरस्कार प्रदान गरेको हो ।

बुर्किना फाँसोका राष्ट्रपतिको हत्या

सन् १९८७ मा बुर्किना फाँसोका तत्कालिन राष्ट्रपति थोमस सांकरको हत्या भएको थियो । राष्ट्रपतिबिरुद्धको एउटा कुमा उनको हत्या भएको थियो ।

प्रकाशित समय : ०८:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु