काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

३९ बर्षपछि पोखरामा राष्ट्रिय खेलकुद : ३६ खेल, ६ हजार बढी खेलाडी सहभागी

10.31K
shares

राष्ट्रिय खेलकुद सुरु भएको ३९ बर्षपछि दोस्रो पटक पोखरामा नवौं राष्ट्रिय खेलकुदको आयोजना भएको छ ।

२०४० सालमा दोस्रो संस्करणको आयोजना भएको पोखरामा यसपटक नवौं राष्ट्रिय खेलकुदको भब्य उदघाटन हुदैँछ । कोरोना महामारीका कारण ३ बर्षपछि हुन लागेको नवौं राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले शुक्रबार उदघाटन गर्दैछन् । २०७७ फागुन २१–२७ सम्म गण्डकी प्रदेशमा हुने घोषणा भए पनि हुन सकेको थिएन ।

देशैभरीका खेलाडी र प्रशिक्षक पोखरा आईपुगेका छन् भने उद्घाटनमा सातौं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्ज्वलन गर्नेछन् ।

आजवाट औपचारिक रुपमा सुरु हुने खेलमा ६ हजार १ सय ५७ खेलाडीले भाग लिने छन् भने ७ वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशष्त्र प्रहरीसहित तीन बिभागीय टोली र एनआएन गरी १९ टोलीले सो प्रतियोगितमा भाग लिनेछन् ।

गण्डकीका मनाङ, मुस्ताङ र लमजुङबाहेक अन्य जिल्लामा प्रतियोगिता आयोजना हुनेछन् भने ३६ वटा खेल मध्ये २६ खेल पोखरामा सञ्चालन हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।