काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अमेरिकी डलर महंगो हुँदा कमजोर बन्दै नेपाली रुपैयाँ

13.5K
shares

शुक्रबार अमेरिकी डलरको भाउ पुनः बढेको छ । बिहीबार एकको खरिदमा १३१ रुपैयाँ ४१ पैसा र बिक्रीमा १३२ रुपैयाँ १ पैसा रहेको अमेरिकी डलर आज शुक्रबार बढेर खरिद मूल्य १३१ रुपैयाँ ४६ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ६ पैसा पुगेको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिदमा १२७ रुपैयाँ ७७ पैसा र बिक्रीमा १२८ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८२ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य ८२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ १६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५९ पैसा, सिंगापुर डलर एकको खरिदमा ९१ रुपैयाँ ६८ पैसा र बिक्रीमा ९२ रुपैयाँ १० पैसा रहेको छ ।

यसैगरी जापानी रियाल १० को खरिदमा ८ रुपैयाँ ९५ पैेसा र बिक्रीमा ८ रुपैयाँ ९९ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ९८ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६ रुपैयाँ २७ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ २ पैसा र बिक्री मूल्य २८ रुपैयाँ १५ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य ९ रुपैयाँ १९ पैसा र बिक्री मूल्य ९ रुपैयाँ २३ पैसा, कुवेती दिनार एकको खरिदमूल्य ४२३ रुपैयाँ ६३ पैसा र बिक्रीमा ४२५ रुपैयाँ ५६ पैसा र बहराइन दिनार एकको खरिद मूल्य ३४८ रुपैयाँ ७१ पैसा र बिक्री मूल्य ३५० रुपैयाँ ३१ पैसा रहेको छ