काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘९० प्रतिशत निर्वाचन आचार संहिता उल्लंघन ठुला दलबाटै’

7.83K
shares

करिब ९० प्रतिशत निर्वाचन आचार संहिता उल्लंघन ठुला राजनीति दलहरूबाटै हुने गरेकाे सरोकारवाला निकायले जनाएका छन् । यसकारण आगामी निर्वाचनमा यस्ताे घटना नदाेहाेर्याउन र आचार संहितालाई गम्भीरतापूर्वक लिन जोड दिइएको छ ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरले बिहीबार कर्मचारी मिलन केन्द्रमा आयोजना गरेको निर्वाचन आचारसंहिता ०७९ को विषयमा जानकारी दिन आयोाजना गरिएको कार्यक्रमका सहभागीहरूले मुख्य र जिम्मेवार दलबाट आचारसंहिता उल्लंघन हुने गरेको आरोप लगाए । निर्वाचन आचारसंहितामा उल्लेख भएका ९० प्रतिशत नियम उल्लंघन हुने गरेको विभिन्न राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारले बताए ।

कार्यालयका प्रमुख खेमराज कोइरालाले आगामी ४ मंसीरमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार, दललगायत सरोकारवाला पक्षले पालाना गर्नु पर्ने आचारसंहितको बिषयमा जानकारी गराएको थियो ।