काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गोविन्द बन्दी कानुनमन्त्री पदबाट पदमुक्त

10.54K
shares

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) पदमुक्त भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री पदबाट कोइराला पदमुक्त भएपछि उक्त मन्त्रालयको जिम्मा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएका छन् ।

कोइरालाको पदावधि असोज २४ गते सकिएपछि सो मन्त्रालयको जिम्मा सञ्चारमन्त्री कार्कीलाई प्रधानमन्त्री देउवाले दिएका हुन् । राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले कार्कीलाई कानुन मन्त्रालयको जिम्मेवारी तोकेको जानकारी दिएको छ ।

संसद सदस्य नरहेका कारण कानुनमन्त्री बन्दी ६ महिनामात्र मन्त्री हुन पाउँथे । २४ असोजमा उनी नियुक्त भएको ६ महिना पुगेपछि मन्त्री पदबाट पदमुक्त भएका हुन् ।