global ime bank Long Banner Ad

गृहपृष्ठ पिपल्स पावर लिमिटेडको सेयर सूचीकृत

पिपल्स पावर लिमिटेडको सेयर सूचीकृत

पिपल्स पावर लिमिटेडको सेयर सूचीकृत

काठमाडौंकाे खुर्सानीटार प्रधान कार्यालय रहेको पिपुल्स पावर लिमिटेडको नेप्से संकेत पीपीएल प्रतिसेयर सय रुपैयाँ अंकित मूल्यको ६३ लाख २६ हजार कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ ।

बिहीबार पिपुल्स पावर लिमिटेड तथा नेपाल स्टक एक्सचेन्जबीच सूचीकरण सम्झौता सम्पन्न भएको हो । पिपुल्स पावर लिमिटेडकोे प्राथमिक सेयर निष्काशन कार्य प्रभु क्यापिटल लिमिटेडमार्फत सेयर बिक्री खुल्ला भएको थियो । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुमा वितरण गरिएको ६ लाख ३२ हजार ६०० कित्ता (१० प्रतिशत), सर्वसाधारण लगानीकर्ता सेयरधनीहरुमा वितरण गरिएको (सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) २४ लाख ६७ हजार ४०० (३९ प्रतिशत) र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३२ लाख २६ हजार कित्ता (५१ प्रतिशत) सेयर समेत गरी जम्मा ६३ लाख २६ हजार कित्ता साधारण सेयर वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम २६ गतेको निर्णयानुसार नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले रजिष्ट्रारसम्बन्धी कार्य गर्नको निमित्त सेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटल लिमिटेडलाई चयन गरेको छ । सेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी, लाभाशं तथा बोनश हितग्राहीको खातामा जम्मा गर्ने, सेयर रोक्का लगायत शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने कार्यहरु गर्नेछ ।

प्रकाशित समय : १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु