गृहपृष्ठ थप ४४ जनामा काेराेना पुष्टि, २९ जना संक्रमणमुक्त
थप ४४ जनामा काेराेना पुष्टि, २९ जना संक्रमणमुक्त
पछिल्लाे २४ घण्टाभित्र नेपालमा थप ४४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । साे अवधिमा थप २९ जना कोरोनामुक्त भएका छन् ।
देशभर गरिएको ५ सय ७९ पीसीआर परीक्षणका क्रममा ३५ जना र १ हजार ६ सय ४३ एन्टिजेन परीक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल नेपालमा ५ सय ७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।
प्रकाशित समय : १७:३७ बजे


















