global ime bank Long Banner Ad

गृहपृष्ठ सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार

सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार

सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार

१८ दिनदेखि उपचाररत वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार आएको छ ।

किष्ट शिक्षण अस्पतालले जारी गरेको उनको नियमित स्वास्थ्य अवस्था जानकारीअनुसार मंगलबार मुटुको चालसम्बन्धी समस्यामा सामान्य सुधार देखिएको छ । यस्तै, उनलाई छातीको निमोनियाको उपचारका लागि एन्टिबायोटिक पनि दिइरहेको अस्पतालले जनाएको छ ।

उनको अवस्था अझै पनि सामान्य भइनसकेका कारण अझै केही समय सघन कक्षमै राखेर उपचार गर्नु पर्ने अस्पतालको भनाइ छ ।

अस्पतालकाे विज्ञप्ति :

प्रकाशित समय : १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु