नेप्सेमा दाेहाेराे अंककाे गिरावट, काराेबार रकम पनि खुम्चियाे
वि.सं.२०७९ असोज २५ मंगलवार १५:१८
shares

साताको तेस्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन २७ अंकले घटेको नेप्से परिसूचक आज १६.०६ अंकले घटेकाे हाे ।
आजकाे गिरवाटसँगै नेप्से इन्डेक्स १८५५.१६ मा कायम भएको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम समेत घटेको छ । सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आउँदा करिब एक अर्बको कारोबार हुन पुगेको थियो । आज कारोबार रकम समेत खुम्चिएर ५५ करोड २७ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।
आज व्यापार, हाेटल र पर्यटन तथा म्युचल फण्ड बाहेकका उपसूचक घटेका छन् ।


























