गृहपृष्ठ रोनाल्डोले पूरा गरे ‘७ सय क्लब गोल’काे कीर्तिमान
रोनाल्डोले पूरा गरे ‘७ सय क्लब गोल’काे कीर्तिमान
क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ७ सय क्लब गोल पूरा गरेको खेलमा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग फुटबलमा एभर्टनलाई पराजित गरेकाे छ ।
गुडसिन पार्कमा आइतबार राति रोनाल्डोले ७ सय क्लब गोल पूरा गर्दा युनाइटेडले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेकाे हाे । योसँगै एभर्टनको लगातार दुई खेलको जितमा पूर्णविराम समेत लागेको छ ।
एन्थोनी मार्टियलको पासमा एन्थोनीले गोल गर्दै खेलको १५औं मिनेटमा युनाईटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफ सकिन एक मिनेटअघि क्यासमिरोको पासमा रोनाल्डोले आफ्नो कीर्तिमानी गोल पूरा गरे ।
पछिल्लो जितपछि युनाइटेड १५ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । एभर्टन १० अंकसहित तालिकाको १२औं स्थानमा छ ।
प्रकाशित समय : ०८:११ बजे


















