global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड

अमेरिकी डलरको मूल्यमा नयाँ रेकर्ड

अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबारका लागि १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा र खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बिहीबार १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २७ पैसा रहेकोमा शुक्रबार एकैदिन १ रुपैयाँ ४१ पैसाले बढेको छ ।

शुक्रबार डलरको मूल्य २ महिना अगाडिको रेकर्ड तोड्दै माथि लागेको हो । यसअघि ५ साउन २०७९ मा १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २९ पैसा र खरिद मूल्य १२७ रुपैयाँ ६९ पैसासम्म पुगेको थियो । त्यसपछि १८ साउनमा १ अमेरिकी डलरको बिक्री मूल्य १२६ रुपैयाँ २५ पैसा र खरिद मूल्य १२५ रुपैयाँ ६५ पैसासम्म झरेको थियो । त्यसपछि पुनः बढ्न लागेको डलरको मूल्यले शुक्रबार नयाँ उचाई कायम गरेको हो ।

अमेरिकी केन्द्रीय बैंक ‘फेडेरल रिजर्भ बैंक’ (फेड) ले ब्याजदर बढाउँदा अमेरिकी डलर बलियो बन्दै गएको हो ।

‘फेडले ब्याजदर बढाउँदा विश्वभरी रहेको अमेरिकी लगानी (पोर्टफोलियो) अमेरिका फिर्ता भयो ।

डलरको मूल्य लगातार बढ्दा नेपाली रुपैयाँमा आयात बढेर व्यापार घाटा झनै बढ्ने जोखिम बढेको छ ।

प्रकाशित समय : ०७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु