काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

7.92K
shares

काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका-१ वाङथली घर भएका २७ वर्षीय पेमा तामाङलाई चोरी गरेको मोटरसाइकलसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ बालाजु बाइपासस्थित सडक किनारमा पार्किङ गरी राखेको बाग्मती प्रदेश ०२ ०२४ प ८५५० नम्बरको मोटरसाइकल गत भदौ ६ गते चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई चोरी गरेको मोटरसाइकलमा नक्कली नम्बरप्लेट नम्बर राखी चलाई राखेको अवस्थामा फेला पारी गोकर्णेश्वर नगरपालिका-६ नयाँवस्तीबाट पक्राउ गरेको हो ।

उनलाई चोरी गरेको उक्त मोटरसाइकलसहित थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।