global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ प्रिमियम बढाएर लिएको ब्याज फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन

प्रिमियम बढाएर लिएको ब्याज फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन

प्रिमियम बढाएर लिएको ब्याज फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन

नियमविपरीत प्रिमियम बढाएर लिएको ब्याज फिर्ता गर्न बैंकहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।

नियामकीय निर्देशनहरु उलंघन गर्ने बैंकहरुलाई राष्ट्र बैंकले कडाइ गर्दै गएपछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघमा पनि समेत छफफल भएको छ  । गत आर्थिक वर्ष २०७८/७९ मा कर्जा सम्झौता गर्दाको भन्दा प्रिमियम बढाएर कर्जाको ब्याजदर बढाएका बैंकहरुलाई राष्ट्र बैंकले ब्याजदर फिर्ता गर्न निर्देशन दिएपछि बैंकहरु अलमलमा परेका हुन् ।

गत आर्थिक वर्ष २०७८/७९ को वाषिर्क वित्तीय प्रतिवेदन अडिट गरेर स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाएको बैंकहरुको वित्तीय विवरणमा राष्ट्र बैंकले कम्प्लायन्स -अनुपालना) नभएको भन्दै स्वीकृत भएको छ । आर्थिक वर्ष सकिएको २ महिना बितिसक्दा पनि राष्ट्र बैंकले कुनै पनि बैंकको वाषिर्क वित्तीय विवरण स्वीकृत गरेको छैन । ९ वटा बैंकको वाषिर्क वित्तीय प्रतिवेदन राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागमा पुगेको छ ।

ऋण सम्झौतामा भएको भन्दै प्रिमियम बढाएर ऋणीसँग ब्याज असुल गर्ने बैंकलाई राष्ट्र बैंकले ब्याजदर फिर्ता गरेर वित्तीय विवरण नै सच्याएर ल्याउन निर्देशन दिएको छ । गत, आर्थिक वर्षको प्रथम त्रैमासमा राष्ट्र बैंकले एउटै बैंकको १२ हजार ऋणीलाई नियमविपरीत बढी ब्याज लिएको भन्दै फिर्ता गर्न लगाएको एक औपचारिक कार्यक्रममै गभर्नर महाप्रसाद अधिकारीले बताएका थिए ।

प्रकाशित समय : ०७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु