global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ गोली लागेर घाइते भएका मोहम्मद दर्जीको मृत्यु

गोली लागेर घाइते भएका मोहम्मद दर्जीको मृत्यु

गोली लागेर घाइते भएका मोहम्मद दर्जीको मृत्यु फाइल फोटो

काठमाडौंको गोठाटारमा गोली लागेर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौले दिएको जानकारी अनुसार, सर्लाहीको हरिवन नगरपालिका २ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली चलाउँदा टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो ।

गोली लागेर घाइते भएका दर्जीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

गोठाटारको कृष्ण मन्दिरनजिकै मोटरसाइकलमा आएका दुईजना अपरिचित व्यक्तिले दर्जीमाथि गोली प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ । उनीहरुको खोजी जारी रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : २२:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु