गोली लागेर घाइते भएका मोहम्मद दर्जीको मृत्यु
वि.सं.२०७९ असोज ३ सोमवार २२:१७
shares
फाइल फोटो
काठमाडौंको गोठाटारमा गोली लागेर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौले दिएको जानकारी अनुसार, सर्लाहीको हरिवन नगरपालिका २ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली चलाउँदा टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो ।
गोली लागेर घाइते भएका दर्जीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
गोठाटारको कृष्ण मन्दिरनजिकै मोटरसाइकलमा आएका दुईजना अपरिचित व्यक्तिले दर्जीमाथि गोली प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ । उनीहरुको खोजी जारी रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























