गृहपृष्ठ गोठाटारमा गोली प्रहारबाट एक घाइते
गोठाटारमा गोली प्रहारबाट एक घाइते
काठमाडौंको गोठाटारमा गोली प्रहारबाट एक घाइते भएका छन् । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रविन्द्र धानुकका अनुसार, घाइतेको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ ।
घटनाको विस्तृत विवरण आइनसकेको एआईजी धानुकले जानकारी दिए । घटनास्थल प्रहरी टोली पुगेको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : २०:०९ बजे




















