काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

10.19K
shares

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका-१ ठेगाना भई हाल ललितपुर महानगरपालिका-१५ कुमारीपाटी बस्ने ३७ वर्षीय रन्जित खड्कालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

बैंकिङ कसूर मुद्दामा २० लाख ५० हजार रूपैयाँ विगो ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।