गृहपृष्ठ चीनको गगनचुम्बी भवनमा आगलागी

चीनको गगनचुम्बी भवनमा आगलागी

चीनको गगनचुम्बी भवनमा आगलागी

बेइजिङ-चीनको चाङ्सा सहरमा रहेको एउटा गगनचुम्बी भवनमा भीषण आग   लागी भएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजले ४२ तले भवन आगोले क्षतिग्रस्त भएको छ ।

चाइना टेलिकमको क्षेत्रीय कार्यालय रहेको संरचनाबाट कालो धुवाँको बाक्लो बादल निस्किएको थियो । आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्बिरमा अग्नि नियन्त्रक आगो निभाएका देखिन्छन् । गगनचुम्बी भवनको पूरै छेउ एक बिन्दुमा आगोको लप्काले निलेको देखिन्छ । अर्को भिडियोमा दर्जनौँ व्यक्तिहरू गगनचुम्बी भवनको माथिल्लो तलाबाट भागेको देख्न सकिन्छ ।

प्रकाशित समय : १२:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु