गृहपृष्ठ समानुपातिक सूची तयार पार्न कांग्रेस संसदीय समिति छलफलमा

समानुपातिक सूची तयार पार्न कांग्रेस संसदीय समिति छलफलमा

समानुपातिक सूची तयार पार्न कांग्रेस संसदीय समिति छलफलमा

समानुपातिक तर्फका उम्मेदवारहरुको बन्द सूची तय गर्न नेपाली कांग्रेसको संसदीय समितिको बैठक बसेको छ ।

बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा समानुपातिक उम्मेदवारको बन्दसूचीलाई अन्तिम रुप दिने तयारी गरिएको हो ।

कांग्रेसले क्लस्टर अनुसारको सूची बनाउन आठ सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ । सहमहामन्त्रीहरुले तयार गरेको सूचीमा थप छलफल गरी आजै टुंगो लगाइने छ ।

निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूची बुझाउने समय आज र भोलिलाई मात्रै समय तोकिदिएको छ ।

प्रकाशित समय : ०९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु