गृहपृष्ठ हेलम्बुमा हराएका शिक्षक भिरमा भेटिए, उद्धार गर्न हेलिकोप्टर पठाइँदै

हेलम्बुमा हराएका शिक्षक भिरमा भेटिए, उद्धार गर्न हेलिकोप्टर पठाइँदै

हेलम्बुमा हराएका शिक्षक भिरमा भेटिए, उद्धार गर्न हेलिकोप्टर पठाइँदै

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलामा बेपत्ता भएका शिक्षक भिरमा फेला परेका छन् । शनिबार नुहाउने क्रममा बेपत्ता भएका शिक्षक केशव सिवाकोटी जिवितै फेला परेका हुन् ।

दोलखाको कालिन्चोक ३ स्थायी घर भएका सिवाकोटीलाई हेलिकोप्टरमार्फत उद्धारको तयारी गरिएको छ ।

शिक्षक सिवाकोटी ढुंगामा अड्किएको अवस्थामा फेला परेको र उनको उद्धारको लागि हेलिकोप्टर झिकाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : ०९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु