काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

धनगढीमा अनसनरत डा.केसी अस्पताल भर्ना

11.3K
shares

स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै तीन दिनअघि धनगढीमा अनसन बसेका डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।

धनगढीस्थित गीता सत्संग समितिको धर्मशालामा अनसन बसेका केसीको बुधबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको वार्डमा सारिएको हो । केसीलाई सेती प्रादेशिक अस्पतालको छुट्टै वार्डमा राखेर उपचार थालिएको डा.केसीसँगै रहेका डाक्टर अमृत जैशीले बताए ।

उनका अनुसार बुधबारदेखि डा.केसीलाई बोल्न समस्या भइरहेको र रक्तचाप घटेको छ । उनले चिकित्सकको सल्लाह बमोजिमनै डाक्टर केसीलाई अस्पतालमा भर्ना गरिएको बताए ।

डा.केसीको स्वास्थ्य परीक्षण सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट फिजिसिएन डा.शेरबहादुर कमरले गरेका छन् ।