काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थप ११९ जनामा कोरोना संक्रमण पुष्टि

11.78K
shares

पछिल्लो समय कोरोना संक्रमण विस्तारै ओरालो लाग्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमण दर लगातार घटिरहेको छ ।

मन्त्रालयका अनुसार आज एक सय १९ जनामा संक्रमण पुष्टि भएको छ । चार हजार ८४ नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज एक सय ३० संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या दुई हजार एक सय ९१ छ । काठमाडौँमा पाँच सय बढी, ललितपुर र चितवनमा दुई सय बढी सक्रिय संक्रमित छन् भने ताप्लेजुङ, मनाङ, मुस्ताङ, अर्घाखाँची, हुम्ला, डोल्पा, मुगु, जुम्ला, बझाङ र दार्चुलामा सक्रिय संक्रमित छैनन् ।

सक्रिय संक्रमितमध्ये होम आइसोलेसनमा दुई हजार एक सय, ७२ संस्थागत आइसोलेसनमा, १९ आइसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत छन् ।

कोरोना भाइरस संक्रमणबाट हालसम्म १२ हजार १५ ले ज्यान गुमाएका छन् ।