global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाली टिमकी मुख्य स्ट्राइकर भण्डारीलाई डेंगु

नेपाली टिमकी मुख्य स्ट्राइकर भण्डारीलाई डेंगु

नेपाली टिमकी मुख्य स्ट्राइकर भण्डारीलाई डेंगु

साफ महिला च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाली टिमकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी नखेल्ने भएकी छन् । डेंगु संक्रमणका कारण सावित्राले श्रीलंकाविरुद्धको समूह चरणको अन्तिम खेल गुमाउने भएकी हुन् ।

‘हिजो पोजेटिभ देखियो । अहिले अवस्था सामान्य छ । होटेलमै विश्राम गरिरहेको छु, ‘सावित्राले भनिन् । चार दिनदेखि ज्वरोको कारण उनी टिमको प्रशिक्षण सामेल भएकी थिइनन् ।

नेपालले सोमबार साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा श्रीलंकाविरुद्ध खेल्दैछ । यसअघि भएको पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले पराजित गरेको थियो । यस्तै, समूहमा श्रीलंकालाई ५-० ले पराजित गरेको भुटानले सेमिफाइनलको यात्रा तय गरिसकेको छ ।

आज श्रीलंकाविरुद्ध खेलमा बराबरी वा पाँच गोलको अन्तरभन्दा कमले पराजित भएमा पनि नेपाल सेमिफाइनल प्रवेश गर्नेछ । तर, पाँच गोलको अन्तरमा नेपाललाई पराजित गरे श्रीलंकाले सेमिफाइनल यात्रा तय गर्नेछ ।

प्रकाशित समय : १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु