global ime bank Long Banner Ad

गृहपृष्ठ मिटरब्याज पीडितको धर्नामा बल प्रयाेग (तस्बिरहरू)

मिटरब्याज पीडितको धर्नामा बल प्रयाेग (तस्बिरहरू)

मिटरब्याज पीडितको धर्नामा बल प्रयाेग (तस्बिरहरू)

धर्ना र प्रदर्शनका लागि कीर्तिपुरबाट माइतीघर मण्डलातर्फ हिँडेका मिटरब्याज पीडितमाथि प्रहरीले बल प्रयोग गरेकाे छ । उनीहरू विभिन्न स्थानबाट कीर्तिपुरमा भेला भएर ४१औं दिनकाे धर्नाका लागि माइतीघर आउने क्रममा थिए ।

माइतीघर आउन नपाएपछि उनीहरुले कीर्तिपुरमै धर्ना सुरु गरेका थिए । सोही क्रममा त्रिवि गेटनजिक दुवै पक्षबीच झडप भएको थियो । प्रहरीले लाठी चार्ज गर्दा केही घाइते भएकाे मिटरब्याज पिडित आन्दाेलनका अभियन्ता निर्ग नवीनले बताए । धर्ना बसेकामध्ये केहीलाई पक्राउ गरेको उपत्यका प्रहरी कार्यालय काठमाडौंले जनाएकाे छ । उनीहरूले प्रहरी कार्यालयमै नाराबाजी गरेका छन् ।

(तस्बिरहरू : निशान्त सिंह गुरूङ)

प्रकाशित समय : १६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु