global ime bank Long Banner Ad

गृहपृष्ठ चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली नेपाल आइपुगे

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली नेपाल आइपुगे

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली नेपाल आइपुगे

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु नेतृत्वको टोली नेपाल आइपुगेको छ । ली चान्सुसहितको टोलीलाई सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विमानस्थलमै पुगेर स्वागत गरेका छन् ।

सभामुख सापकोटा र चान्सुबीच आजै बेलुकी संघीय संसद् भवन नयाँ बानेश्वरमा भेटवार्ता हुँदै छ । मंगलबार अध्यक्ष चान्सुले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्ने छन् ।

यस्तै, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि चान्सुसँग संसद् भवनमै भेटवार्ता गर्ने तालिका रहेको छ । जनकंग्रेस अध्यक्ष चान्सुले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

अध्यक्ष चान्सुको नेतृत्वमा ६ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अध्यक्ष चान्सु भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित समय : १६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु