गृहपृष्ठ ‘बंगलादेशमा यही वर्ष ५० मेगावाट विद्युत् निर्यात गर्छौं’
‘बंगलादेशमा यही वर्ष ५० मेगावाट विद्युत् निर्यात गर्छौं’
ऊर्जामन्त्री पम्फादेवी भुसालले नेपाल सरकारले बंगलादेशमा विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छन् । शनिबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बंगलादेशमा विद्युत् निर्यात गरिने बताएकी हुन् ।
हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ । ‘हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बंगलादेश पनि निर्यात हुँदै छ,’ मन्त्री भुसालले भनिन्, ‘जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बंगलादेश जान्छ ।’
ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्कजस्तै रहेको जानकारी दिइन् । उनले घरायसी प्रयोजनका लागि मूल्य घटाइएको र कृषि र सिँचाइमा ७५ प्रतिशत महसुल घटाइएको जानकारी दिइन् ।
प्रकाशित समय : १७:०६ बजे

















