गृहपृष्ठ सन्दीपको क्यानसँग गुहार– ‘कानुनी उपचारका लागि सहयोग गर्नुस्’
सन्दीपको क्यानसँग गुहार– ‘कानुनी उपचारका लागि सहयोग गर्नुस्’
नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् ।
आफुमाथि जबरजस्ती करणीको आरोप लगाउँदै प्रहरीमा जाहेरी परेपछि लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई गुहारेका हुन् ।
हाल क्यारेबियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज (जमैका)मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन् । ‘कानुनी उपचारका लागि सहयोग गर्नुस् भनेको छ’ क्यानका एक पदाधिकारीले बताएका छन् ।
एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् ।
सन्दीपलाई आरोप लागेको खबर सार्वजनिक भएपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द बुधबार बेलुका काठमाडौं आइपुगेपछि क्यानका पदाधिकारीबीच छलफल भएको थियो ।
प्रहारीले यस विषयमा छानबिन गरिरहेकोले क्यानले अहिले सन्दीपमाथि कुनै एक्सन लिनेभन्दा पनि छानबिनमा सहयोग गर्ने मल्ले बताए ।
प्रकाशित समय : १०:२२ बजे


















