काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

आज पनि बढ्यो सुनको मूल्य

7.33K
shares

नेपाली बजारमा पछिल्लो केही दिनयता सुनको मूल्य क्रमश: बढ्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तेस्रो दिन सुनको मूल्य बढेको जनाएको छ ।

महासंघले साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको जनाएको थियो । यस्तै, सोमबार १०० रुपैयाँले सुनको मूल्य आज मंगलबार थप ३०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार २०० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ११ सय २५ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।