गृहपृष्ठ ‘नोकिया सी२१ प्लस’ बजारमा, कति छ मूल्य ?
‘नोकिया सी२१ प्लस’ बजारमा, कति छ मूल्य ?
नोकिया फोनको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया प्रिमियम र सी सिरिजअन्तर्गत नयाँ नोकिया सी२१ प्लस सर्वजनिक गरेको छ । यसको मूल्य १६ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो स्मार्टफोन, हेर्नलाई राम्रो, बलियो, गुणस्तर र विश्वभर प्रसिद्ध यसको लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश छ । एचएमडी ग्लोबलका सीईओ फ्लोरियन सेइसले भने, ‘उपभोक्ताहरूका लागि गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउन हामीले सी शृंखला निकालेका छौँ । उपभोक्ताहरूको समस्यहरुलाई मध्यनजर गर्दै ब्याट्री लाइफ, फोनको स्टोरेज र क्यामेराको गुणस्तरलाई सम्बोधन गर्र्दै नोकिया सी२१ प्लस डिजाइन गरिएको छ ।’
एन्ड्रोइड ११ (गो एडिसन टीएम)मा १३ मेगापिक्सेल एचडीआर सञ्चालित डुअल क्यामेरा र लामो समयसम्म चल्ने ब्याट्रीको साथ स्टाइल र टिकाउ मात्र नभई पूर्ण रुपमा ग्राहकहरूको आवश्यकताअनुसार यो स्मार्टफोन बनाइएको उनले बताए ।
स्लिम डिजाइनमा भरपर्दो ब्याट्री
आकर्षक लुक र लामो समय सम्म चल्ने ब्याट्री लाइफ भएको नोकिया सी२१ प्लस ५०५० एमएएच ब्याट्री साइजमा समावेश गरिएको छ । यसले एक चोटी चार्ज गर्दा तीन दिनको ब्याट्री जीवन प्रदान गर्दछ ।
बलियो र कडा परीक्षण गरिएको
विश्वको सबैभन्दा बलियो मानिएको नोकियाको ऋद्दज्ञ प्लस गुणस्तरको सन्दर्भमा तपाई ढुक्क हुन सक्नुहुन्छ । यसमा भाएको मेटल चेसिस र बलियो गिलास कभर फोहोर, धुलो र पानीका थोपाहरूबाट अतिरिक्त सुरक्षाको लागि क्ष्एछद्द–मूल्याङ्कन गरिएको छ ।
प्रख्यात सुरक्षा
स्मार्टफोनहरूमा प्रायः मानिसहरूको सबैभन्दा निजी जानकारी भण्डारण हुन्छ, साथै यो मनोरञ्जन, बैंकिङ, र महत्त्वपूर्ण सञ्चारको हब पनि मानिन्छ । सी-सिरिजको हिस्सा भएको नोकिया सी२१ प्लसमा प्रयोगकर्ताको सबै कुरा सुरक्षित राख्नको लागि दुई वर्षको त्रैमासिक सुरक्षा अपडेटहरू प्रदान गर्दछ । थप गोपनीयता र सुविधाको लागि, फिंगरप्रिन्ट र एआई फेस अनलक प्रविधिले आझ बढी सुरक्ष्या सुनिश्चित गर्दछ ।
क्लिन ओएस
नोकिया सी२१ प्लस एन्ड्रोइड ११ (गो एडिसन टीएम), एन्ड्रोइड अपरेटिङ सिस्टमको एक व्यवस्थित संस्करणको साथ आउँदछ जसले दिनभरको ब्याट्री लाइफको सिग्नेचरलाई कायम राख्दै छिटो डाउनलोड गति प्रदान गर्दछ । न्यूनतम प्रीलोडहरूले पनि स्टोरेजमा सम्झौता नगरी यसको अधिकतम लाभ उठाउन मद्दत गर्दछ ।
एचडीआर प्रविधिको साथ १३ एमपी डुअल क्यामेराले अविस्मरणीय पलहरूलाई कैद गर्न मद्दत गर्दछ । विभिन्न मोडहरू जस्तै पोर्ट्रेट, पानोरमा र ब्यूटिफिकेशनले देखिने आश्चर्यजनक तस्बिरहरू सिर्जना गर्दछ ।
६.५ इन्च एचडी प्लस डिस्प्लेले अविश्वसनीय परिभाषा र स्पष्ट भिडियो र तस्बिरहरू सुनिश्चित गर्दछ ।
मूल्य र उपलब्धता
३/३२ जीबी स्टोरेज र अन्य भेरियन्टहरूको साथ डार्क सियान र वार्म ग्रे रंगमा उपलब्ध यो फोनको मूल्य १६ हजार ४९९ रुपैयाँ छ ।
प्रकाशित समय : २०:१५ बजे

















