गृहपृष्ठ बालुवाटारमा देउवा-प्रचण्डबीच छलफल
बालुवाटारमा देउवा-प्रचण्डबीच छलफल
बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । आज बिहान ९ बजेदेखि उनीहरूबीच छलफलमा जुटेका छन् । ‘उहाँहरूबीच छलफल जारी छ । आजै बेलुकीसम्म गठबन्धन बैठक पनि बस्छ,’ बालुवाटार स्रोतले भन्यो ।
आज अपरान्ह ३ बजे सिट बाँडफाँटबारे कार्यदलमा शीर्ष नेताहरूसहित छलफल हुँदैछ । उक्त छलफलअघि देउवा र प्रचण्डबीच छलफल भएको हो ।
गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरे पनि घट्ने सम्भावना छ । सत्ता गठबन्धनका पाँचै दलले आफूले गरेको दाबीबाट घटेर सिट बाँडफाँट टुंग्याउने तयारी छ ।
तर एकीकृत समाजवादी सहितका अन्य दलले गठबन्धनको खाकामा सहमति जनाएका छैनन् ।
प्रकाशित समय : १०:५० बजे



















