global ime bank Long Banner Ad

गृहपृष्ठ गोरक्षेश्वर धाममा भजनकीर्तन एवं गङ्गा आरती

गोरक्षेश्वर धाममा भजनकीर्तन एवं गङ्गा आरती

गोरक्षेश्वर धाममा भजनकीर्तन एवं गङ्गा आरती

बागमती। हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर धाममा आज भजनकीर्तनसहित गङ्गा आरती गरिएको छ ।

गोरक्षेश्वर धाम क्षेत्र विकास समितिको आयोजनामा विगत १५ वर्षदेखि हरेक महिनाको अन्तिम सोमबार गङ्गा आरती हुँदै आएकामा २०८० देखि साउन महिनाका सबै सोमबार पनि भजनकीर्तनसहित गङ्गा आरती गरिँदै आइएको छ ।

गोरक्षेश्वर धामलाई यस क्षेत्रको विशिष्ट धार्मिक केन्द्रका रुपमा विकास गर्नेगरी समिति निरन्तर लागिरहेको समितिका अध्यक्ष उत्तम शर्मा ढकालले जानकारी दिए ।

विसं २०४४ मा स्थापित यस मन्दिर परिसरमा विशाल हनुमानको मूर्ति, शनिको मूर्ति धर्मशाला, संस्कृत वेद विद्यालय आदि छन् ।

बालाचर्तुदशीमा विशेष मेला लाग्ने यस धाममा विभिन्न महत्वपूर्ण तिथिमिति र पर्वमा हेटौँडा र आसपासका क्षेत्रबाट ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको अध्यक्ष ढकालले बताए।

प्रकाशित समय : ०७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु