गृहपृष्ठ माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित एम–स्मार्ट बचत खाता

माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित एम–स्मार्ट बचत खाता

माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित एम–स्मार्ट बचत खाता

माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित एम–स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको छ ।

उक्त सुविधाअन्तर्गत ग्राहकले घरमै बसेर बैंकको मोबाइल बैंकिङ एप्लिकेसन एम–स्मार्टबाट माछापुच्छ्रे बैंकमा खाता खोल्न सकिने बैंकले जनाएको छ ।

विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाइरहेको अहिलेको परिवेशमा खाता खोल्नका लागि बैंकसम्म पुग्नुपर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा सञ्चालनमा ल्याएको हो ।

माछापुच्छ्रे बैंकले ग्राहकलाई बैंकको शाखा कार्यालयसम्म आउनु नै नपर्ने गरी मोबाइल बैंकिङ एपमार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा लोन एगेन्स्ट एफडी सहज र सरल तरिकाबाट आफूले चाहेको समयमा लिन सक्ने गरी आफ्ना सेवा सुविधाहरूलाई डिजिटल माध्यममा रुपान्तरण गरिसकेको छ ।

साथै, बैंकको मोबाइल बैंकिङ एप एमबीएल एम–स्मार्ट एपमा आफैँले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ–रजिस्ट्रेसन गर्न सकिने, मोबाइल फोनबाटै खाता खोल्न सकिने, मोबाइल फोनबाटै कर्जा लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमा नै हेर्न सकिने, नेपाल क्यूआर स्क्यान गरी क्यूआर भुक्तानी गर्न मिल्ने, विभिन्न मोबाइल वालेटहरूमा खाता लिंक गर्न सकिने, बत्ती पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानीलगायतका सुविधाहरू यस योजनामा रहेको बैंकले जनाएको छ ।

प्रकाशित समय : १०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु