जिउँदै मान्छेलाई इँटा भट्टामा जलाएर जेलमा रहेका आलम कांग्रेसबाट उम्मेदवार सिफारिस
वि.सं.२०७९ भदौ १७ शुक्रवार १०:२५
shares

जिउँदो मान्छेलाई इँटा भट्टामा हालेर जेलमा रहेका मोहम्मद अफताव आलमलाई नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको छ ।
कांग्रेस रौतहट क्षेत्र नम्बर–२ समितिले प्रतिनिधि सभाको उम्मेदवारका लागि आलमकै मात्र नाम सिफारिस गरेको कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितिशकुमार गुप्ताले जानकारी दिए ।
२०६४ को संविधान सभाको निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा सरुअठाका २४ वर्षका त्रिलोक प्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको थियो । घटना लुकाउन उनले विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाइएको आरोप छ । श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलमसहित, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए ।
प्रहरीले आलमलाई २०७६ सालको असोजमा पक्राउ गरेको थियो । आलम २०७४ को निर्वाचनमा रौतहट २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
























