गृहपृष्ठ समानुपातिकमा ७६ दलले ६८ चुनाव चिन्हबाट भाग लिँदै
समानुपातिकमा ७६ दलले ६८ चुनाव चिन्हबाट भाग लिँदै
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ७६ वटा दलले ६८ वटा चुनाव चिन्हबाट भाग लिने भएका छन् ।
निर्वाचन आयोगका अनुसार आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि विभिन्न ७६ वटा दलबाट ६८ वटा निवेदन परेका हुन् ।
यस्तै प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं. १ मा विभिन्न ६३ वटा दलबाट ५५ वटा निवेदन, मधेश प्रदेशमा ६७ वटा दलबाट ५९ वटा निवेदन, बागमती प्रदेशमा ६६ वटा दलबाट ५८ वटा निवेदन, गण्डकी प्रदेशमा ६० वटा दलबाट ५२ वटा निवेदन, लुम्बिनी प्रदेशमा ६२ वटा दलबाट ५४ वटा निवेदन, कर्णाली प्रदेशमा ५७ वटा दलबाट ४९ वटा निवेदन र सुदूरपश्चिम प्रदेशमा ५८ वटा दलबाट ५० वटा निवेदन परेका छन् ।
प्रकाशित समय : १०:५० बजे



















