nmb bank

गृहपृष्ठ गरिमा विकास बैंकको ‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक

गरिमा विकास बैंकको ‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक

गरिमा विकास बैंकको ‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक

गरिमा विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने ‘गरिमा मालामाल मुद्दती योजना’ सार्वजनिक गरेको छ ।

महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीको जीविका झनै खर्चिलो हुन पुगेको छ । जसले गर्दा उनीहरु कम ब्याजदरमा बचत गर्न अरुचि देखाइरहेको अवस्थामा यस विकास बैंकले छोटो समयमा नै निक्षेप दोब्बर र तेब्बर हुने प्रभावकारी एवं समयसापेक्ष बचत योजना सार्वजनिक गरेको हो ।

साथै, यस विकास बैंकको यो योजनाले भावी दिनमा आम नेपालीहरुको जीविका सहज गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास राखेको छ ।

हाल, यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएमबाट सेवा प्रदान गर्दै आइरहेको छ । साथै, यस विकास बैंकले चाडै नै क्रेडिट कार्ड पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित समय : १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु